२९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।

बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गर्छु ।’

Powered by the Echo RSS Plugin by CodeRevolution.