३ असोज, काठमाडौं। दलित समुदायका लागि संविधानले गरेको व्‍यवस्था कार्यान्वयन नभएको भन्‍दै ‘दलितका लागि दलित अभियान, नेपाल’ माइतीघरमा प्रदर्शन गरेको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा अभियानले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा देशका विभिन्न भागबाट समेत प्रदर्शनमा सहभागी आएका थिए । उनीहरूले पछिल्लो समय राजनीतिक नियुक्ति र सरकार बनाउँदामा दलित समुदायलाई समावेश नगरेको भन्‍दै प्रदर्शनमा उत्रिएको बताएका छन् ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछूतको हटाउन प्रभावकारी कानुन, नीति कार्यक्रम नल्याएको भन्दै युवाहरूले विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शनसहित सरकारलाई प्रश्न गरेका छन् ।

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

Pinapatakbo ng Echo RSS Plugin sa pamamagitan ng Kodigo.