१७ भदौ, पोखरा । केन्द्रमा समीकरण बनेको ठ्याक्कै २ महिनापछि केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा नेकपा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

लामो समयदेखि भइरहेको छलफल र असहमतिलाई पार गर्दै आइतबार ९ मन्त्रालय बनाउने मन्त्रिपरिषदले निर्णय गरेको थियो । ४ मन्त्रालय दिएर सरकारमा सहभागी गराउने सहमति भएसँगै एमालेले मन्त्रीहरुको नामसमेत टुंग्याएको छ ।

केन्द्रीय लेखा आयोग सदस्य पद्माको नेतृत्वमा पर्वतका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर अधिकारीको नाम एमालेले टुंग्याएको हो ।

Didukung ku Gema RSS Plugin ku CodeRevolution.