२९ जेठ, काठमाडौं । आईसीएफसी फाइनान्सलाई ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

फाइनान्स सञ्चालक समितिले १९ चैतमा ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न निर्णय गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो ।

राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरको ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो । प्रतिऋणपत्र १ हजार दरको ३ लाख इकाइ ऋणपत्र निष्कासन हुनेछ ।

Працуе на Убудова RSS Echo па CodeRevolution.