२५ जेठ, काठमाडौं । नेपाली सेनाको सैनिक प्रहरी गणले आफ्ना एक प्रमुख सेनानीलाई नियन्त्रणमा लिएको छ ।

छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भएपछि जंगीअड्डास्थित सैनिक प्रहरीले प्रमुख सेनानी धिरेन्द्र कुमार मल्ललाई हिरासतमा लिएको हो ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले मल्ललाई नियन्त्रणमा लिइएको पुष्टि गरेपनि कारण बताएनन् । उनले भने, ‘हिरासतमा राखेर अनुसन्धान भइरहेको हो, विषय चाहिँ अहिले मलाई जानकारी भएन ।’

मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए । उनीबारे उजुरी परेपछि छानबिन गर्ने क्रममा जंगीअड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । काठमाडौं आउने वित्तिकै नियन्त्रणमा लिइएको सैनिक स्रोतले जनाएको छ ।

कोर्ट अफ इन्क्वायरीको छानबिनपछि सैनिक अदालत गठन भएर मुद्दा प्रक्रिया अघि बढ्ने प्रावधान छ ।

Pokreće Echo RSS dodatak by CodeRevolution.