३२ जेठ, गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।

११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाए ।

११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यसपटकको १२ औं जिल्ला अधिवेशनमा भने उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

सचिवमा धर्म विश्वकर्मा विजयी भए । विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाए ।

सहसचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत पर्‍यो ।

Pokreće Echo RSS dodatak by CodeRevolution.