२२ असोज, काठमाडौं। नेपालले श्रीलंकाको कोलोम्बोमा जारी काभा पुरुष यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ।

च्याम्पियनसिपमा नेपालको तीन खेलमा यो दोस्रो जित हो। कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-५, २५-१२, २५-२० ले सहजै पराजित गर्‍यो ।

दोस्रो जितपछि नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। नेपालले यसअघि पहिलो खेलमा श्रीलंकालाई ३-० कै सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ सेटको पराजित भएको थियो।

लगातार तीन खेलमा पराजित भएको माल्दिभ्स भने अंकबिहीन छ।माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग पनि समान ३-० कै सेटमा पराजित भएको थियो ।

नेपालले आफ्नो चौथो खेलमा बिहीबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने शुक्रबार लिगको अन्तिम खेल तुर्कमिनेस्तानसँग खेल्नेछ ।

६ टोली सहभागि प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

Nork eskutik Echo RSS plugina arabera CodeRevolution.