काठमाडौं । वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ यतिबेला प्रदर्शनरत छ । सुरुवाती ओपनिङ कमजोर देखिएपनि पछिल्ला दिनमा बलियो ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मले दर्शकलाई तान्न सकेको निर्माता बताउँछन् ।

सोही मितिमा प्रदर्शन भएका दुई अन्य फिल्म ‘छक्कापञ्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि सकारात्मक प्रतिक्रियाले फिल्म हेर्न दर्शक हलमा पुगेको निर्माताको कथन छ ।

निर्देशक निरौलाले ओपनिङको दिनमा अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको उत्साहजनक रुपमा बढेको बताए । ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ । धेरै हलले शो पनि थपेका छन् । फिल्म राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो’, उनले भने ।

फिल्म हेरेका अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको प्रशंसा गरेका छन् । उनीसँगै हिमेश पन्त र बुद्धि तामाङको पनि प्रशंसा भैरहेको छ । कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाई निर्देशक निरौलाको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा नीति शाह, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेको पनि अभिनय छ ।

દ્વારા સંચાલિત ઇકો આરએસએસ પ્લગઇન દ્વારા કોડરેવોલ્યુશન.