९ असोज, काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट प्रतिकित्ता १,७१४ रुपैयाँ लाभांश घोषणा गरेको हो ।

साथै कम्पनीले २८ असोजका लागि बुक क्लोजको मिति तय गरेको छ । २७ असोजसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले लाभांश पाउने छन् ।

बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५०,३९८ रुपैयाँ ९० पैसा छ । यो कम्पनी नेपालको बजारमा सबैभन्दा महँगो हो । कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।

Powered by da Maimaita RSS Plugin by Juyin Halitta.