काठमाडौं । अघिपछिको समयमा तपाईंलाई फिल्म हेर्ने फुर्सद छैन भने, दशैंको लामो बिदा मौका हुनसक्छ । घुमघाम, रमाइलो गर्ने त छँदै छ, फिल्मप्रेमी हुनुहुन्छ भने युट्युवमा उपलब्ध केही फिल्म तपाईंका लागि दशैंको समय कटाउने माध्यम बन्न सक्छन् ।

) जारी : गतवर्षको बैशाख १ गते रिलिज भएको यो फिल्म व्यवसायिक र समीक्षागतरुपमा निकै हिट फिल्म हो । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथा पेश गर्ने यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका छ ।

) छक्कापञ्जा ४ : दीपाश्री निरौला निर्देशित यो फिल्म पनि व्यवसायिकरुपमा हिट फिल्म हो । दीपकराज गिरी, बेनिशा हमाल, केदार घिमिरेको शीर्ष भूमिका रहेको यो फिल्मले समसामयिक राजनीतिलाई कटाक्ष गरेको छ ।

) जात्रा : यो कमेडी र सोसल ड्रामा फिल्म हो । फणिन्द्र, जोयस र मुन्ना नामक तीन पात्रमार्फत निर्देशकले काठमाडौंमा पैसा कमाउन संघर्ष गर्नेको कथा पेश गरेका छन् । प्रदीप भट्टराई निर्देशित फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ ।

) पशुपति प्रसाद : सातवर्षअघि रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा खगेन्द्र लामिछाने, बिपिन कार्की लगायतको शीर्ष भूमिका छ । बाबुको ५० हजार ऋण तिर्न भूकम्पपछि काठमाडौं पसेको पशुपतिप्रसाद नामक पात्रले यहाँ बाँच्नको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । अहिले यो फिल्मको स्पिन-अफ पनि चलिरहेको छ । यो फिल्मलाई युट्युवमा हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

) फूलबारी : रामबाबु गुरुङ निर्देशित फिल्ममा बिपिन कार्की, दयाहाङ राई र प्रियंका कार्की लगायतको शीर्ष भूमिका छ । सन्तान र तिनका अभिभावकबीचको सम्बन्धको कथा यसमा समावेश छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

) कबड्डी ३ : नेपाली फिल्म इतिहासमा सबैभन्दा धेरै कमाउने कीर्तिमान रचेको सिरिजको तेस्रो श्रृंखला तपाईंका लागि दर्शनीय बन्न सक्छ । दयाहाङ राई लगायतको अभिनय रहेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

) छक्कापञ्जा ३ : दीपकराज गिरीको शीर्ष भूमिका रहेको यो मल्टिस्टारर फिल्ममा वैदेशिक रोजगारी र अध्ययनको सामाजिक प्रभावको कथा पेश गरिएको छ । कमेडी र सामाजिक कथावस्तुका फिल्ममा रुचि छ भने तपाईंलाई यो फिल्म रुचिकर हुनसक्छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

) नुमाफुङ : नवीन सुब्बा निर्देशित यो फिल्मले गाउँले नेपाली किशोरी नुमा (अनुपमा सुब्बा)को कथा भन्छ । लिम्बु समुदायको कथा बुझ्न र परख गर्न यो फिल्म महत्वपूर्ण हुनसक्छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

) टलकजंग भर्सेस टुल्के : खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा अभिनित यो फिल्मलाई समीक्षकले रुचाएका थिए । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१०) हरि : बिपिन कार्कीको शीर्ष भूमिका रहेको यो फिल्म साइकोलजिकल/थ्रीलर विधामा बनेको छ । बक्सअफिसमा हिट नभएपछि घरेलु फिल्मको यो दमदार सिनेम्याटिक क्राफ्ट अवश्य हो । यो फिल्मले रुढीवादी अधवैंशे पुरुषको कथा पेश गर्छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

द्वारा संचालित है इको आरएसएस प्लगइन द्वारा कोडकरण.