काठमाडौं । मिस युनिभर्स नेपालले फिनालेअघि ताज सार्वजनिक गरेको छ । नेपाल भ्रमणमा रहेकी मिस युनिभर्स सेनिस पलासियोसले काठमाडौंमा आयोजित समारोहमा ताज अनावरण गरिन् ।

‘स्टार अफ द युनिभर्स’ नाम दिइएको यो क्राउन आगामी साता हुने फिनालेमा कुनै विजेता लगाउनेछिन् । उक्त क्राउनमा ३८ लाख रुपैयाँ बराबरको २४५ ग्राम तौलको सेतो सुन र हीरा जडान गरिएको आयोजकले जनाएको छ ।

आउँदो शनिबार हायात होटलमा फिनाले हुँदैछ । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जनाएको छ ।

यसैबीच, नेपाल भ्रमणमा रहेकी मिस युनिभर्स पलासियोसले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दै नेपालको पुरातात्विक सम्पदाको सौन्दर्यको प्रशंसा गरेकी छन् । उनले भक्तपुर घुमेका फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

शुक्रबार बसन्तपुर दरबार क्षेत्रको समेत उनले भ्रमण गरिन् । उनले उक्त अवसरमा जीवित देवी कुमारीको पहिरन र लुक्समा सांस्कृतिक फोटोसुट पनि गरिन् । साथै, हिल्टन होटलमा भएको मिस युनिभर्स नेपालको स्वीमसुट राउण्डमा पनि अतिथिको रुपमा सहभागी भइन् ।

पलासियोस फिनालेअघि नै फर्किने बुझिएको छ ।

Alimentato da Plugin Echo RSS di CodeRevolution.