३० जेठ, काठमाडौं –आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल प्रभावित हुने भएको छ । पाँच घण्टा भन्दा बढी समयदेखि भारी वर्षासँगै नेपाल र श्रीलंकाबीच खेल नै हुने सम्भावना कम छ ।

खेल नेपाली समय अनुसार बुधबार बिहान ५ : १५ मा सेन्ट्रल ब्रोआर्ड रिजनल पार्क रंगशालामा सुरु हुने तालिका छ । तर मैदानमा पिच कभरले ढाकिएको छ । मैदानको धेरै भागमा पानी जमेको छ । फ्लोरिडामा ६-७ घण्टादेखि निरन्तर भारी वर्षा भएको छ । जसको कारण खेलाडी पनि बाहिर निस्केका छैनन् । मैदानमा केही कर्माचारीहरु मात्रै आएका छन् ।

अहिलेको अवस्थामा खेल हुने सम्भावना निकै कम छ । तत्काल वर्षा रोकिदा पनि मैदान तयार पार्न कम्तिमा एक डेढ घण्टा समय लाग्ने देखिन्छ । मौसम पूर्वाअनुमानका अनुसार पनि वर्षाकै सम्भावना देखिन्छ । लगातार भारी वर्षा भएको हुँदा नेपाल र श्रीलंकाको खेल रद्द हुने सम्भावना बढी छ ।

वर्षाको कारण खेल हुन नसकेको खण्डमा दुबै टोलीले १-१ अंक बाँड्नेछन् । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज नहुँदा अंक बाँड्नुपर्छ । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको छ ।

भारी वर्षा भएपनि नेपाली समर्थक रंगशाला केही मात्रमा आएका छन् । जारी टी–२० विश्वकपमा नेपाल र श्रीलंका दुबै पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

टी–२० आईमा नेपाल र श्रीलंकाबीच पहिलो पटक प्रतिस्पर्धा हुँदैछ । डालसमा रहेको ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गर्दै १०६ रनमा अल आउट भएको थियो । श्रीलंका दक्षिण अफ्रिकासँग ७७ रन र बंगलादेशसँग ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

에 의해 구동 에코 RSS 플러그인 으로 CodeRevolution.