३२ जेठ, अमेरिका – घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १-१ अंक बाँडेका हुन् । समूह ए बाट अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ रह्यो । भारत ३ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

सुपर-८ मा पुगेसँगै २०२६ को टी२० विश्वकपमा पनि अमेरिकाले स्थान बनाएको छ । यस संस्करणमा सह-आयोजक हुँदा अमेरिकाले सोझै विश्वकप खेल्ने अवसर पाएको थियो । डेब्यू विश्वकपमा सानदार प्रदर्शनका साथ सुपर-८ मा स्थान बनाएको हो ।

अमेरिकाले क्यानडालाई ७ विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । पाकिस्तान भने ३ खेलमा २ मा हार र १ मा जितसहित एक खेल अगावै बाहिरिएको छ । अमेरिकासँगको हार पाकिस्तानलाई भने भारी परेको छ ।

अन्तिम खेल पाकिस्तानले आयरल्यान्डसँग आइतबार खेल्नेछ । अव सुपर ८ मा पुग्न समूह बी र समूह डी बाट एक एक टोलीको टुङ्गो लाग्न बाँकी छ । समूह ए मा क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

समूह सी बाट अफगानिस्तान र वेष्टइण्डिज सुपर–८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा स्थान पक्का गरेको छ । स्कटल्यान्ड र इंग्ल्यान्डबीच सुपर ८ मा स्थान बनाउन समूह बी मा प्रतिस्पर्धा छ ।

त्यस्तै समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ । समूह डी मा बंगलादेश, नेदरल्यान्ड्स र नेपाल पनि सुपर ८ को दौडमा छन् ।

Powered vun der Echo RSS Plugin vun CodeRevolution.