२० असोज, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनालाई अलाभेजलाई ३-० ले पराजित गरेको छ ।

अलाभेजको मैदानमा आइतबार भएको खेलमा लेवान्डोस्कीले पहिलो हाफमै ह्याट्रिक गरे ।

उनले खेलको सातौं मिनेटमै राफिन्हाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । २२औं मिनेटमा लेवान्डवस्कीले फेरि राफिन्हाकै पासमा गोल गरी अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा लेवान्डोस्कीले एरिक गार्सियाको पासमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ३-० को अग्रता पनि दिलाए ।

४५औं मिनेटमा टी मार्टिनेजले गोल गरेपनि भिएरआरले मान्यता दिएन । दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन ।

जितपछि बार्सिलोनाले ९ खेलबाट २४ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको दूरी बनाएको छ । समान खेलबाट रियलको २१ अंक छ । अलाभेज ९ खेलबा६ १० अंकसहित १२औं स्थानमा छ ।

Powered by the Echo RSS Plugin by CodeRevolution.