२ कात्तिक, काठमाडौं । सरकारले सत्य निरुपण र बेपत्ता खोजबिनसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती समेत सदस्य छन् ।
यसअघि प्रचण्ड सरकारले पनि मिश्रकै नेतृत्वमा सिफिारिस समिति बनाएको थियो । तर ऐन संशोधन नभएका कारण राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले काम नै गर्न सकेन । बिहीबार तीन दलका शीर्ष नेताहरुबीच सहमति भएपछि नयाँ समिति गठन गरिएको एक मन्त्रीले बताए ।
बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई पुनः नियुक्त गरेको छ ।
അധികാരപ്പെടുത്തിയത് എക്കോ RSS പ്ലഗിൻ എഴുതിയത് കോഡ് റിവല്യൂഷൻ.
സമീപകാല അഭിപ്രായങ്ങൾ