वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२४ को पहिलो दिन सोमबार एप्पलले आईओएस १८ लगायतका विभिन्न अपरेटिङ सिस्टम सार्वजनिक गर्‍यो ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अबलम्बन गर्ने क्रममा कम्पनीले एप्पल इन्टेलिजेन्सको पनि घोषणा गरेको छ । यसका लागि एप्पलले च्याट जिपिटी निर्माता ओपन एआईसँग साझेदारीको घोषणा गरेको छ ।

एप्पल र ओपन एआईबीचको उक्त साझेदारीले कतिपयलाई भने रुष्ट बनाएको छ । यसरी रिसाउनेमा अर्बपति एलन मस्क पनि छन् जसले सोसल मिडिया प्लाटफर्म एक्सबाट आफ्नो आक्रोश व्यक्त गरेका छन् ।

एक्समा एक पोस्ट गर्दै मस्कले आफ्नो कार्यालयमा एप्पलका आइफोन तथा म्याकबुकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । त्योसँगै एलन मस्क स्वामित्वका एक्स, टेस्ला, स्पेस एक्सलगायतका कम्पनीका कर्मचारी तथा कार्यालयमा आउने बाहिरी मानिसहरुले समेत कार्यालयभित्र आइफोन तथा म्याकबुक प्रयोग गर्न पाउने छैनन् । आखिर एलन मस्कले किन यस्तो भनेका हुन् त ?

वास्वतमा ओपन एआई र एपपलबीचको साझेदारी निकै निरासाजनक रहेको मस्कले बताएका छन् ।

एक्समा गरेको पोस्टमा उनले लेखेका छन्-यदि एप्पलले आफ्नो अपरेटिङ सिस्टममा ओपन एआईलाई आबद्ध गरायो भने मेरा कम्पनीमा एप्पलका डिभाइसहरूमाथि बन्देज लगाइनेछ । यो स्वीकार्न नसकिने सुरक्षा उल्लंघन हो ।

एप्पलका सीईओ टिम कुकको पोस्टमा जवाफ दिंदै मस्कले यस्तो लेखेका हुन् ।

मस्कले ओपन एआईका विषयमा विभिन्न पोस्ट शेयर गरेका छन्। उनले ओपन एआईमाथि विभिन्न खालका गम्भीर आरोप लगाउँदै आएका छन् । ओपन एआईले प्रयोगकर्ताका डेटाहरुमाथि पहुँच स्थापित गर्ने उनको दाबी छ ।

Powered хамт Цуурай RSS залгаас гэхэд CodeRevolution.