१४ जेठ, हेटौंडा । सोमबार दिउँसो परेको वर्षाका कारण हेटौंडामा बागमती प्रदेशसभा भवन जलमग्न भएको छ । उक्त भवनको भित्र र बाहिर पानी जमेको छ ।

प्रदेशसभा भवनमा ढल निकासको प्रबन्ध नहुँदा दिउँसाे २ बजेदेखि परेकाे वर्षापछि पानी जमेको हो ।

बागमतीको प्रदेशसभा बैठक सोमबार नै बोलाइएको छ । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर बैठक बस्नुअघि प्रदेशसभा परिसर जलमग्न छ ।

हेर्नुहोस् थप तस्वीरहरु

Powered by the Echo RSS Plugin by CodeRevolution.