काठमाडौैं । माग्ने बुढा नामले प्रसिद्ध कलाकार केदारप्रसाद घिमिरे ‘छक्कापञ्जा ५’लाई लिएर चर्चामा छन् । उनी कार्यकारी निर्माता समेत रहेको यो फिल्ममा उनको अभिनयलाई रुचाइएको पनि छ ।

‘छक्कापञ्जा’को पाँचौं श्रृंखलाको रिलिजअघि निकै चर्चा चल्यो । विशेषगरि सोही मितिमा रिलिज भएको अर्को फिल्म ‘१२ गाउँ’को प्रचारको पनि सोही समयमा सामाजिक संजालमा गर्मागर्मी भयो ।

अहिले यी दुबै फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरिरहेका छन् । ‘छक्कापञ्जा ५’ले तीन दिनसम्म ५ करोडको ब्यापार गरेको जनाइएको छ ।

यस्तोमा, माग्ने बुढाले आइतबार सामाजिक संजालबाट आफू ले आवेशमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेकोप्रति माफी मागेका छन् । उनी लेख्छन्, ‘एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना“ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अबस्था फरक महसुस गरको छु ।’

दशैंको टीका लगाउन आफू गाउँ पुगेको सन्दर्भ जोड्दै उनी लेख्छन्, ‘आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो ‘फिलिम कस्तो चल्या छ ? यसपाला म हेर्न जान सक्या छैन ।’ मैंले भनें– फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गाली गर्दैछन् बुवा । अचम्म मान्दै बुवाले सोध्नुभयो किन ? के भन्छन ? मैले भनेँ ‘साइबर सेना किन भनिस ? भन्छन् । बुबाले भन्नुभो ‘सानु बन्न पर्च जहाँ पनि अटाईन्छ, ठूलो हुँदा कतै छिरिँदैन ।’ अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हँुदैन । मरेर लानु केही छैन, सबैको प्यारो बन्न पर्च । बस् बुवाबाट पुनः ऊर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला ।’

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.