काठमाडौं । यतिबेला देशभर दशैंको माहोल छ । पर्वको यो माहोलमा संगीत पनि उत्तिकै सेलिव्रेसनको माध्यम हो । युट्युवको नेपाल ट्रेन्डिङ हेर्दा पछिल्लो दशैं अलग स्वाद, अलग जनरा र अन्तरराष्ट्रिय संगीत मिश्रितजस्तो पनि देखिन्छ ।

दशैंको गीत त भै हाले, यसबाहेक के-पप स्टार जेनीदेखि अमेरिकी पपस्टार बिली एलिससम्मका गीत युट्युवको संगीत खण्डतर्फ नेपाल ट्रेन्डिङमा छन् । यसले दशैंको माहोलमा पनि नेपाली युट्युव प्रयोगकर्ताको रुचि दशैंका गीतमा मात्र नभएर अन्य जनरामा पनि उत्तिकै रहेको बुझ्न सकिन्छ ।

ट्रेन्डिङको शीर्षस्थानमा उर्गेन दोङको गीत ‘दशैं लाग्यो’ छ । २ सातादेखि स्ट्रिमिङ भैरहेको यो गीतलाई २५ लाख पटक हेरिएको छ । दोस्रो स्थानमा हेमन्त शर्मा र मेलिना राईको दशैं गीत ‘आउँथ्यो दशैं’ छ । तेस्रो स्थानमा सज्जनराज वैद्यको नयाँ गीत ‘९८४१’ छ, जुन गीतलाई १८ लाख पटक हेरिएको छ ।

वाङ्देन शेर्पाको नयाँ गीत ‘टाढा टाढा’ ट्रेन्डिङको ५ औं स्थानमा छ । यो गीतमा प्रजिना फिचर्ड छिन् । ट्रेन्डिङको ६, ७ र ८ स्थानमा क्रमशः भोजपुरी गीत स्ट्रिमिङ छन् ।

९ औं स्थानमा के-पप ब्याण्ड ब्ल्याकपिंक स्टार जेनीको एकल गीत ‘मन्त्र’ स्ट्रिमिङ भैरहेको छ । १० औं स्थानमा अफिसियल एमभीको ‘झोलामा झ्याप्स’ छ । १३ औं स्थानमा हुक्केको नयाँ हिपहप गीत ‘कान्छी नानी’ छ ।

अमेरिकी पपस्टार बिली एलिसको नयाँ गीत ‘बर्ड्स अफ अ फिदर’ ट्रेन्डिङको १९ औं स्थानमा छ । ट्रेन्डिङमा रहेका गीत दशैं छेकोमा रिलिज भएका हुन् । सूची हेर्दा दशैंको माहोलमा पनि दशैंका गीत सुन्ने दर्शकको प्रवृत्तिमा बदलाव आएको हो भन्ने अनुमान गर्न सकिन्छ ।

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.