२५ असोज, काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए ।

नेपाफ श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको पराजित भएको थियो ।

तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिए ।

नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू२० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भईरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेको हो ।

Faʻamalosia e le Faʻamau RSS Plugin e CodeRevolution.