२८ जेठ, अमेरिका – स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर ८ को सम्भावना मजबुत बनाएको छ ।

जित्नलाई १५१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ३१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनमा नट आउट रहे ।
जर्ज मुन्शे २० बलमा २ चौका र ४ छक्कासहित ४१, माइकल जोन्स १६, रिची बेरिंग्टन १३ र म्याथ्यु कस्रले १५ रन जोडे । ओमानका बिलाल खान, अकिब इलियास र मेहरान खानले १–१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २० ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो । ओमानका ओपनर प्रतिक अथभलेले ४० बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । आयन खान ३९ बलमा ४ चौकासहित ४१ रन बनाए ।

नसिम खुसी १०, अकिब इलियास १६, जिशान मकसुद ३ र मेहरान खानले १३ रन बनाए । शफ्यान शरिफले २, मार्क वाट, ब्राड ह्वील, क्रिस सोल र क्रिस ग्रेभ्सले १–१ विकेट लिए ।

स्कटल्यान्डले पहिलो खेल वर्षाको कारण इंग्ल्यान्डसँग अंक बाँडेको थियो । त्यसपछि नामिबियालाई हराएको थियो । स्कटल्यान्डले अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ । उक्त खेलमा झिनो अन्तरले पराजित हुँद पनि सुपर ८ को सम्भावना देखिन्छ ।

उता ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो । त्यसपछि अष्ट्रेलियासँग ३९ रनले पराजित भएको थियो । ओमान भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

Inowanikwa ne Echo RSS Plugin by CodeRevolution.