२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएका छन् ।
सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीले राईलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका राई कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी छन् ।
मन्त्रीपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका अधिकारीले विवादमा तानिएपछि बुधबार पदबाट राजीनामा दिएका थिए । बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
बुधबारको बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।
खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
ద్వారా ఆధారితం ఎకో RSS ప్లగిన్ ద్వారా కోడ్ రివల్యూషన్.
ఇటీవలి వ్యాఖ్యలు