१९ जेठ, काठमाडौं । सीईसी काठमाडौं र काठमाडौं जिल्लाले एनसीसीएस आमन्त्रण भ्याली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन् ।

सीईसी काठमाडौंले पुरुष तथा काठमाडौं जिल्लाले महिलातर्फको उपाधि जितेको हो ।

शनिबार मुलपानी मैदानमा भएको पुरुषतर्फको फाइनलमा सीईसी काठमाडौंले भक्तपुर क्रिकेट सेन्टरलाई १२ रनले हरायो ।

यस्तै महिलातर्फ काठमाडौं जिल्लाले ललितपुर जिल्लालाई सुपर ओभरमा पराजित गर्‍यो । पहिले ब्याटिङ गर्दै ललितपुरले २० ओभरमा १३१ रन बनाएको थियो । काठमाडौंले पनि जवाफमा १३१ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

च्याम्पियन टोलीले नगद २५ हजार र ट्रफी प्राप्त गरे । यस्तै उपविजेताले १५ हजार रुपैयाँ पाए ।

भक्तपुर क्रिकेट सेन्टरका दीपक बोहरा पुरुषतर्फ तथा काठमाडौंका विपिशा शाही महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले ट्रफी र नगद ५ हजार प्राप्त गरे ।

यस्तै दीपक बोहरा र ललितपुरको यशु पाढ्डेल उत्कृष्ट ब्याटर तथा सिइसी काठमाडौंका सोनु देवकोटा र भक्तपुरका अनुशा रोका उत्कृष्ट बलर घोषित भए । उत्कृष्ट ब्याटर र बलरले समान ३ हजार प्राप्त गरे ।

महिलातर्फ ललितपुरकी सम्भव्य ढकाल उदीयमान खेलाडी घोषित भइन् ।

भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ उपत्यकाका तीन जिल्लाका ६ टोली र महिलातर्फ तीन जिल्लाको टिम सहभागी थियो ।

Powered by the Echo RSS Plugin by CodeRevolution.