१५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलमा ५२३ रन बन्नुको साथै ३८ छक्का प्रहार भएका छन् ।

राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । हैदराबादले इनिङमा १८ छक्का (ट्रविस हेड ३, एडेन माक्ररम १, हेनरिक क्लासेन र अभिषेक शर्मा ७–७) हानेको थियो ।

२७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । ३१ रनले पराजित भएपनि मुम्बईले हैदराबादले भन्दा बढी २० छक्का (तिलक बर्मा ६, ईशान किशन ४, नमन धिर २, रोहित शर्मा, टिम डेविड ३÷३, हार्दिक पान्ड्या र रोमारियो शेफर्ड १–१) हानेको थियो ।

दुई टोलीको ५२३ र कुल छक्का ३८ पुगेको थियो । उक्त खेलमा बनेका तीन विश्व कीर्तिमानहरु यस प्रकार छन् ।

सर्वाधिक छक्का

टी-२० क्रिकेटमा एकै खेलमा ३८ छक्का सर्वाधिक हो । यसअघि २०१८ मा अफगानिस्तान प्रिमियर लिगमा बल्खा लेजेन्ड्स र काबुल जवानान तथा २०१९ मा क्यारेवियन प्रिमियर लिगमा जमैका तलावाज र सेन्ट किट्स एण्ड नर्भिस प्याट्रिक्सबीचको खेलमा ३७÷३७ छक्का प्रहार भएको थियो ।

एकै खेलमा सर्वाधिक रन

५२३ रन टी-२० क्रिकेटमा एकै खेलमा बनेको उच्च हो । यसअघि २०२३ मा दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा कुल ५१७ रन बनेको थियो । उक्त खेलमा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य पूरा गरेको थियो ।

सर्वाधिक रन औसत

औसतमा प्रतिओभर १३.०७ का दरले भनेको थियो । टी-२० इतिहासको धेरै हो । यसअघि दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा प्रतिओभर १३.३१ का दरले रन बनेको थियो ।

आईपीएलको सर्वाधिक योगफल

२७७ रन आईपीएलको सर्वाधिक योगफल हो । यसअघि २०१३ मा बेंगलुरुले पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

Powered by the Echo RSS Plugin by CodeRevolution.