९ बैशाख, काठमाडौं । महिला लिग छनोट अन्तर्गत शनिवार भएको खेलमा मधेश प्रदेशले बागमती प्रदेशमाथि सानदार जित हात पारेको छ ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा शनिवार भएको खेलमा मधेशले बागमतीलाई ४-०ले पराजित गरेको हो ।

मधेशको लागि रजनी थोकरले २७औं र ६४औं मिनेटमा गोल गरिन् । यस्तै सुनिता सुनारले ७६औं र कविता गुरुङले ६८औं मिनेटमा गोल गरिन् ।

जितपछि मधेशले ३ अंक जोडेको छ ।

छनोट प्रतियोगितामा ७ प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् । सिंगल राउण्ड रविनपछि शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगितामा आइतबार गण्डकी र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

Powered by the Echo RSS Plugin by CodeRevolution.