१२ वैशाख, काठमाडौं । महिला लिग छनोटमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई बुधबार ३-० ले पराजित गरेको छ । छनोट प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित हो ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा सुदूरपश्चिमका लागि अस्मिता चौधरीले ५१औं र ८१औं मिनेटमा गोल गरे । त्यसअघि यशोदा चिरलले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

प्रतियोगितामा दोस्रो जितपछि तीन खेलबाट ६ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा छ ।

कोशी प्रदेश ३ खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तर्गत बिहीबार बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

Aangedryf deur die Echo RSS-inprop deur KodeRevolusie.