काठमाडौं । फिल्मको धेरैजस्तो भाग काठमाडौंमा छायांकन गरिएको रोमान्टिक-थ्रीलर फिल्म ‘द सेमलेस’को ट्रेलर सार्वजनिक भएको छ । विश्वप्रसिद्ध कान्स फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।

कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यो फिल्मलाई बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोजोनोभले निर्देशन गरेका हुन् । बोजोनोभको यो तेस्रो कथानक फिल्मले देहब्यापारबाट भाग्न खोजेका दुई महिला प्रेममा परेपछिको कथावस्तु पेश गर्छ ।

यो फिल्म ती दुई महिलाको बारेमा हो जसले शताब्दीयौं पुरानो पितृसत्तात्मक परम्परामा जरा गाडेको दमनकारी समाजसँग व्यवहार गर्नुपर्छ किनभने उनीहरू कानूनबाट बच्न र स्वतन्त्रता खोज्नको लागि खतरनाक यात्रामा अघि बढ्छन् ।

१ मिनेट ४२ सेकेण्ड लामो ट्रेलरमा नेपाली अभिनेत्री लुनिभा तुलाधर, पूर्वमिस नेपाल निकिता चाण्डकलाई पनि देख्न सकिन्छ । काठमाडौंका दृश्य प्रशस्त देखिएपनि अन्य कलाकारलाई पनि ट्रेलरमा समावेश गरिएको छैन ।

फिल्मलाई स्विजरल्याण्डको अक्का फिल्म्स, फ्रान्सको अर्बन फ्याक्ट्री, बुल्गेरियाको क्लास फिल्म्स, ताइवानको हाउस अन फायर र भारतको टिमो प्रोडक्सन एचक्यू लिमिटेडले निर्माण गरेका हुन् । अर्बन सेल्सले कान्समा फिल्मको बिक्री जारी राख्नेछ ।

የተጎላበተው በ ኤኮ RSS ተሰኪየኮድ ለውጥ.