२९ वैशाख, ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ शनिबारदेखि तान्न सुरु गरिएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्‍याइनेछ । १२ वैशाखबाट सुरु गरिएको रथ निर्माण सकिएपछि २७ वैशाखमा मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाई अन्त्य गर्ने चलन छ ।

शनिबार रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु आएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

Desenvolupat per Echo RSS Plugin per CodeRevolution.