२० बैशाख, काठमाडौं । चीनमा भएको थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण जितेको नेपाली राष्ट्रिय थ्री एक्स थ्री बास्केटबल टोली बिहीबार स्वेद फर्किएको छ ।

टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ सहित पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वगात गरेका थिए ।

पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता टोलीलाई संघले नेवारीबाजासहित स्वागत गरेको थियो । टोलीलाई स्वागत गर्न बास्केटबल पदाधिकारी, प्रशिक्षक, खेलाडी, समर्थन विमानस्थल पुगेका थिए ।

त्यसपछि टोली त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपकको कार्यलयमा उपाध्यक्ष शिव कोइराला ज्वालाले स्वागत गर्दै बधाई दिएका थिए ।

चीनको युनान प्रान्तमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा नेपालले गत वर्षको विजेता युनान प्रान्तको टिमलाई फाइनलमा २०-१९ ले पराजित गर्दै सोमबार स्वर्ण जितेको थियो ।

विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा निकेश मगर, मनिस केसी र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशिल गुरुङ थिए ।

Alimentatu da u Echo Plugin RSS da CodeRevolution.