५ वैशाख, काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रियतर्फ नेपाली क्रिकेट टिमको वरीयता घटेको छ ।

आईसीसीले मंगलबार सावैजनिक गरेको वरीयता लिष्टमा नेपालको वरीयता १ स्थान तल झरेको हो ।

नेपालले अघिल्लाे महिना घरेलु मैदानमा भएकाे नेपाल नेदरल्यान्डस् र नामिबीयासँगकाे सिरिजमा ५ मध्ये ३ खेल हारेकाे थियाे । त्यस्तै एक स्थान मात्रै पछि रहेकाे यूएइले लगातार राम्राे नतिजा ल्याउँदा नेपाल पछि परेकाे हाे ।

यसअघि १६ औं स्थानमा रहेको नेपाल १ स्थान घट्दै १७ औं स्थानमा रहेको छ । त्यस्तै, एशोसिएट राष्ट्र युएई नेपाललाई उछिन्दै १६ औं स्थानमा उक्लिएको छ ।

टी-२० तर्फ भारत शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

टप १० मा कुनै परिवर्तन नहुँदा आयरल्यान्ड र जिम्बावेले टी२० मा १ स्थान सुधार गर्दै क्रमशः ११औं र १२औं स्थानमा उक्लिएका छन् ।

स्कटल्यान्ड र नेदरल्यान्ड्स १४औं र १५औं स्थानमा तथस्त छन् । नेपाललाई पछ्याउँदै ओमान १८ र पीएनजी १९ औं स्थानमा रहेका छन् ।

Angetrieben von der Echo RSS Plugin durch CodeRevolution.