३ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई १ सय ८० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५४ रन बनाए । अनिलकुमार शाहले सर्वाधिक ५० रन बनाए । ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल २५, सन्दीप जोरा र गुलशन झा २/२ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी २६, प्रतिश जि.सी ६ र सोमपाल कामी ३ रनमा आउट भए ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका आउनेछ ।

नेपालले २२ र २३ मे मा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल खेल्नेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश समूह डी मा छन् । नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

Nork eskutik Echo RSS plugina arabera CodeRevolution.