५ जेठ, काठमाडौं । सहकारीको वचत रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल गठन गरिएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन र नेपाली कांग्रेसका नेताहरुबीच भएको छलफलले सहकारीको वचत अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने सहमति गरेको थियो ।

समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक कार्यदल गठन गरिएको छ, जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् ।

उक्त कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जानकारी दिए ।

यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्नेछ । ‘भोलि नै सक्ने गरी काम हुन्छ, उहाँहरुसँग बस्ने सहमति खोज्ने, थप नेताहरुसँग छलफल गर्नुपर्‍यो भने गरेर यसलाई टुंग्याउँछौं’, गिरीले भने ।

Voimanlähteenä Echo RSS -laajennus mennessä CodeRevolution.