५ वैशाख, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका लोठचौरमा सुरू भएको जुम्ला–रारा अल्ट्रा म्याराथनको पाँचौं संस्करणको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त प्रतिवद्धता जनाएका हुन् ।

जुम्लाको लोठचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण भइरहेको छ । जसका लागि स्थानीय बासिन्दाले जग्गा दान गरेका छन् ।

सेन्टर निर्माणका लागि ३१ करोड रुपैयाँको डीपीआर तयार भएको थियो । तर बजेट अभावले निर्माणले गति लिन सकेको छैन ।

सोही कार्यक्रममा मन्त्री श्रेष्ठले जुम्ला–रारा अल्ट्रा म्याराथनलाई राष्ट्रिय खेलकुदको क्यालेन्डरमा राख्ने प्रतिवद्धता समेत गरे ।

Le cumhachd an Plugin Echo RSS le CodeRevolution.