यदि कसैलाई मधुमेहको समस्या छ भने उसले आफ्नो खानामा चिनी खानु हुँदैन भनिन्छ । तर चिनी मात्र होइन, कतिपय मधुमेहका बिरामीमा भने नुनको अत्याधिक सेवनले पनि रगतमा चिनीको मात्रा बढ्ने गरेको पाइएको छ ।

नुन र टाइप टु मधुमेहबीचको सम्बन्ध

अमेरिकन डायबिटिज एसोसिएसनका अध्ययनले देखाउँछ कि नुनयुक्त आहारको धेरै सेवनले भविष्यमा टाइप टु मधुमेहको विकास हुनसक्छ । एक दिनमा प्रत्येक अतिरिक्त ग्राम सोडियम सेवनले मधुमेह हुने खतरा ४३ प्रतिशतले बढाउने अध्ययनमा उल्लेख छ । दैनिक ३.१५ ग्रामभन्दा बढी सोडियम खाने व्यक्तिमा मधुमेह हुने सम्भावना ५८ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ ।

डिब्बाबन्द र नुनिलो खाना

डिब्बाबन्द र नुनिलो खाना खाने अधिकांश मानिसले ५० प्रतिशत बढी सोडियम खपत गर्छन् । १४ वर्ष वा त्यो भन्दा माथिका व्यक्तिले प्रतिदिन २ हजार ३०० मिलिग्राम भन्दा बढी नुन उपभोग गर्नु हुँदैन । अध्ययनले देखाएको छ कि उच्च नुन सेवनले हृदयरोगको १७ प्रतिशत उच्च सम्भावना र २३ प्रतिशत स्ट्रोकको जोखिम बढाउँछ ।

मधुमेहमा पोटासियमको भूमिका

मधुमेह भएका मानिसहरूमा सामान्यतया लामो समय पोटासियमको कमी हुन्छ । सोडियम र पोटासियम बीचमा जटिल सम्बन्ध छ । शरीरको सन्तुलित कार्यप्रणालीको लागि सोडियम र पोटासियम दुवैलाई सन्तुलनमा राख्नुपर्छ । जति धेरै सोडियम खाइन्छ, त्यति नै शरीरमा पोटासियम कम हुन्छ । त्यसैले धेरै नुन खाने मधुमेह भएको व्यक्तिले आवश्यक पोटासियम पनि गुमाउँछ । धेरै कम पोटासियम लेभलले रगतमा चिनी र इन्सुलिन साइकल चलाउने प्रक्रिया कमजोर बनाउँछ ।

सुन्निएको स्नायुमा चिनी भण्डारण

पहिले नै सुन्निएको स्नायु र नसाहरूमा सुगर जम्मा हुन्छ । यसले तिनीहरूलाई थप बन्द बनाउँछ, जसले एथेरोस्क्लेरोसिस र उच्च रक्तचाप निम्त्याउँछ । जसकारण मधुमेह नभएका बिरामीको तुलनामा मधुमेह भएका व्यक्तिलाई हृदयघात वा स्ट्रोक हुने सम्भावना दोब्बर हुन्छ ।

आहारमा नुनको मात्रा कसरी कम गर्ने ?

बाहिरबाट खाना अर्डर गर्नुको सट्टा घरको खाना खाने

बाहिरका खानेकुरामा आवश्यकताभन्दा बढी नुन हुन्छ । घरमा पकाएको ताजा खानामा नुन कम हुन्छ । त्यसैले बाहिरको खाना खानुको साटो घरमा बनेको खानेकुरा खाएर नुनको मात्रा कम गर्न सकिन्छ ।

शरीरबाट नुन हटाउने

यदि शरीरमा पहिले नै धेरै मात्रामा सोडियम छ भने पोटासियमयुक्त खानाहरू, जस्तै पातदार साग, फलफूल, एभोकाडो, नट र बीउ, नरिवल पानी, ब्रोकाउली उपभोग गरेर शरीरमा सोडियम कम गर्न सकिन्छ । प्रशस्त पानी पिउने, पोषक तत्त्वले भरिपूर्ण आहार खाने र दैनिक व्यायाम गर्दा शरीरबाट नुन सोडियमलाई कम गर्न वा हटाउन सकिन्छ ।

तनावमुक्त रहने

जब हामी तनावमा हुन्छौं, शरीरले रगतमा कोर्टिसोल हार्मोन छोड्छ । कोर्टिसोलले रगतमा चिनीको व्यवस्थापन गर्ने तरिकालाई असर गर्छ । साथै, एड्रेनल ग्रन्थीहरूले एल्डोस्टेरोन निकाल्छन् । यसले सोडियम र पोटासियमको स्तरलाई असर गर्छ । सोडियम अवधारणले पोटासियमको कमीलाई बढावा दिन्छ । यसले मधुमेहको जोखिम बढाउन सक्छ र इन्सुलिन प्रतिरोध बिग्रिन सक्छ ।

सोडियमयुक्त खानेकुरा कम खाने

धेरै खानामा प्राकृतिक रूपमा नुन हुन्छ । स्याउ, अम्बा, एभोकाडो, मेवा, आँप, केरा, खर्बुजा र नास्पातीमा नुन प्राकृतिक रूपमा पाइन्छ । त्यसैले थप नुन प्रयोग भएका खानेकुरा डिब्बाबन्द माछा मासु, पिज्जा, बर्गर आदि कम खानुपर्छ ।

एजेन्सीको सहयोगमा

Kaha ʻia e ka Pākuʻi RSS ʻeā e Hoʻolālā CodeRevolution.