३ जेठ, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक चल्न नदिने कांग्रेस सचेतक गीता चौधरीले बताइन् ।

सोडारीले विश्वासको मत लिन प्रदेश सभाको बैठक केहिबेरमा बस्दैछ ।

मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसले अवरोध गर्ने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले कांग्रेसको समर्थनमा २ वैशाखमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नाउपाकै कैलाश चौधरीको पनि दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले पुन:सरकार गठनका लागि आह्वान गर्दै सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सोडारीको नियुक्ति र प्रदेश प्रमुखको निर्णयविरूद्व चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Kaha ʻia e ka Pākuʻi RSS ʻeā e Hoʻolālā CodeRevolution.