काठमाडौं । आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डा. राजु अधिकारीले कतारमा बस्ने नेपालीलाई स्वस्थ जीवनशैली कला सिकाउने भएका छन् । संखुवासभा समाज, कतारसँगको सहकार्यमा शुक्रबार हुने उक्त कार्यक्रममा उनले शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनका लागि अपनाउनुपर्ने जीवनशैली र आहारबारेमा प्रस्तुति दिनेछन् ।

नेपालमा विभिन्न कलेज, स्कुल तथा कार्यालयमा स्वस्थ जीवनशैली कला सिकाउँदै आएका अधिकारी जीवनशैलीसम्बन्धी विभिन्न पुस्तक समेत लेखेका छन् ।

भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवं मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारी नेपाल, भारत र अमेरिकामा ’मोटिभेसनल ट्रेनर’ तथा ‘लाइफ कोच’को भूमिकामा काम गर्दै आएका छन् ।

खाने कसरी पिउने कसरी, योग पनि गरौ भोग पनि गरौं, यस्तो होस् जीवनशैली, आखिर रोज्ने के ? तपाईंका लागि योग, जिन्दगी रिल्याक्स प्लिज !, परिवार सुख, विवाहअगाडि विवाहपछाडि, हजुरलाई विशेष उपहार, बालबालिका र योगाभ्यास, सुयोग्य सन्तति, नैतिक सुखवाद र जीवन मूल्यहरू पुस्तक प्रकाशन गरिसकेका अधिकारी वागमती सफाइ महाअभियानका अवधारणाकार समेत हुन् ।

राष्ट्रिय युवा प्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत)बाट सम्मानित अधिकारीले भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामबाट योग विज्ञान विषयमा स्वर्णपदक समेत पाएका छन् । उनी राष्ट्रिय युवा प्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत) बाट समेत सम्मानित भइसकेका छन् ।

Kaha ʻia e ka Pākuʻi RSS ʻeā e Hoʻolālā CodeRevolution.