६ वैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजार ७४१ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । कम्पनीले यसअघि हालका संस्थापक सेयरधनीलाई नै सो सेयर बिक्रीका लागि प्रस्ताव गरेकोमा विद्यमान संस्थापकले नकिनेपछि अन्य सर्वसाधारण तथा संस्थाहरुका लागि लिलामी बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर खरिद गर्न चाहनेले ७ दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन बैंकले आग्रह गरेको छ । पछिल्लो पटक गत सोमबार यस बैंकको १ हजार कित्ता संस्थापक सेयर कारोबार भएको छ । प्रतिकित्ता १३४ रुपैयाँ ३० पैसाका दरले सेयर खरिदबिक्री भएको नेप्सेको फ्लोरसिटमा देखिन्छ ।

מופעל על ידי הד תוסף RSS על ידי קוד התפתחות.