३१ वैशाख, काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको रिट खारेज गरेको छ ।

रिटमा मदिरा नीतिसम्बन्धी मुद्दामा पक्राउ परेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनुपर्ने माग गरिएको थियो । तर सर्वोच्च अदालतले यो रिट खारेज गरिदियो ।

न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तले यस मामिलामा दिल्ली उच्च अदालतको निर्णयमा सर्वोच्चले हस्तक्षेप गर्न नसक्ने तर्क गरेका छन् । यसमा सर्वोच्चले नभएर दिल्लीका गभर्नरले भने हस्तक्षेप गर्न सक्ने उनीहरूको व्याख्या छ ।

भारतको ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेपछि केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

जारी निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले अन्तरिम जमानत दिए पनि केजरीवाल जुन १ मा पुनः जेल जानुपर्नेछ ।

यस्तै अभियोगमा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जेलमा छन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंह भने जमानतमा छन्।

מופעל על ידי הד תוסף RSS על ידי קוד התפתחות.