काठमाडौं । सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ले शनिबार पोखरास्थित किङ्स लाउन्जमा प्रस्तुति दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क (पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली दर्शकमाझ सुनाउन लागेको हो ।

सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पूर्ण राई भोकलिस्ट, देगोसकुमार राई वशिष्ट, सुमेक योन्जन ड्रमर, सुसन कार्की गिटारिष्ट र इयान थुलुङ राई फ्ल्युटमा छन् ।

देगोस, सुमेक र पूर्ण धरानका हुन् भने सुसन उर्लाबारी र इयान काठमाडौंका हुन् । व्याण्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो शो गरिसकेको छ । व्याण्डले चाँडै नै अष्ट्रेलिया टुर पनि गर्दैछ ।

व्याण्डले हालैमात्र ‘परिभाषा’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीत युट्युबको ट्रेन्डिङमा पनि परेको थियो । श्रोताले गीतमा प्रयोग गरिएको शब्द र संगीतको मेलोडीलाई मनपराएका थिए ।

किङ्स लाउन्ज पोखराका प्रबन्ध निर्देशक ध्रुव केसीले पोखरामा व्याण्डको लाइभ प्रस्तुति हुनु पोखरेली दर्शकलाई नयाँ स्वाद भएको बताए ।

Pokreće Dodatak za eho RSS po CodeRevolution.