११ वैशाख, काठमाडौं । एम्नेष्टी इन्टरनेशनलले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुशल लगाइएको आरोप लगाउँदै नेपाललाई पनि त्यसको सूचीमा राखेको छ ।

बुधवार विश्वभर एकसाथ सार्वजनिक गरिएको सन् २०२३ को मानव अधिकार अवस्था बारेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । विश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि अभिव्यक्ति स्वतन्त्रता र अधिकार माग्न पाउँने अधिकारमाथि अंकुश लगाउन खोजिएको बताइएको छ । नेपालमा पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको जनाएको छ ।

टिकटकमा प्रतिबन्धदेखि माइतीघर लगयातका क्षेत्रमा निषेधज्ञा लगाएर नागरिकको बोल्न पाउँने, अधिकार माग्ने कुरा कुण्ठीत गर्न खोजिएको बताएकाे छ ।

प्रतिवेदनमा विश्वमा बढ्दो द्वन्द्वले नागरिकहरु चपेटामा पररहेको कुरा पनि उल्लेख गरेको छ । विश्वभर हत्या, हिंसा, दुव्यवहार, विभेद, दमन र गिरफ्तारी घटनाहरु बढीरहेको कुरा उल्लेख छ । नेपालमा पनि नागरिक माथि हुने दमन, हिंसा, दुव्यवहार र अधिकार माग्नेमाथि अत्यधिक बल प्रयोगका घटनाहरु भएको बताइएको छ ।

न्याय माग्नेक्रममा मिटर ब्याजी पीडित माथि दमन, प्रहरी हिरासतमा भएका मृत्यु जस्ता मानव अधिकार उल्लंघनका घटनाहरुलाइ प्रतिवेदनमा राखिएको छ ।सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भिर मानवअधिकार उल्लंघनका घटनाका पीडितहरुलाई न्याय पनि सरकार विफल भएको कुरा उल्लेख गरिएको छ ।

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालमा मानव अधिकारको उल्लघनका घटनामा विगतकै ट्रेण्ड र प्यार्टन यथावत रहेको बताए । उनले हिरासतमा मृत्यु, नागरकमाथि दमन जस्ता घटनाहरु कमी नआएको बताए ।

एम्नेष्टी इन्टरनेशनलले हरेक वर्ष विश्वभर एकैसाथ मानव अधिकार सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

Powered by Echo RSS bővítmény által CodeRevolution.