६ चैत, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान खसी बोकेको मिनी ट्रक दुर्घटना हुँदा पाँच वटा खसी मरेका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको रा१ख २४०२ नम्बरको मिनी ट्रक आज बिहान कालीखोला पुल नजिकै दुर्घटना भएको हो ।

‘कालीखोला पुल कटिसकेपछि भित्तातिर मिनीट्रक पल्टिएको हो,’ मुग्लिन प्रहरी कार्यालयका इन्सपेक्टर विशाल तामाङले भने, ‘दुर्घटनामा पाँच वटा खसी मरेका छन् ।

मिनी ट्रकमा तीन जना मानिसहरु थिए, उनीहरु भने सकुशल छन् ।’

Powered by Էխո RSS ներդիր կողմից CodeRevolution.