१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टबारे कडा टिप्पणी गरेको छ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज भएको छ । तर सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय बाँकी छँदै अधिकारीलाई नियुक्ति दिने प्रदेश प्रमुखको कदमबारे भने बोलेको छ ।

तत्कालीन मुख्यमन्त्री पाण्डेले राजीनामा दिएपछि प्रमुख प्रमुख डिल्लीराज भट्टले २७ चैत ३ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए । एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, माओवादीका ८ (सभामुखसहित) र एक स्वतन्त्र सांसदको समर्थनमा २५ चैतमा दाबी पेश गरे ।

प्रदेश प्रमुख भट्टले त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसविरुद्ध सर्वोच्च गएका पाण्डेले सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय बाँकी छँदा मुख्यमन्त्री नियुक्त गरेको विषय पनि रिटमा उठाएका थिए ।

प्रदेश प्रमुखले आफूले दिएको समयसम्म पनि दाबी यो वा त्यो रुपमा दिनसक्ने विकल्प नकुरेको भन्दै आदेशमा भनिएको छ, ‘….आफूले दिएको समय तालिकालाई आफैं नमान्नु वा समय अघि नै निष्कर्षमा पुग्नु सूचनाको पवित्रताको मर्यादासम्म नराखी हतास मानसिकताबाट निष्कर्षमा पुग्न खोजेको देखिन्छ ।’

समयसीमाको पालना स्वभाविक र सामान्य अपेक्षा भएको सर्वोच्चले बताएको छ । प्रदेश प्रमुख यस्तो विषय सदवै सजग र सचेत रहनुपर्ने उसले बताएको छ ।

によって供給 エコーRSSプラグイン 沿って CodeRevolution.