७ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।

पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । एक समय ९.२ ओभरा ७७(६ को अवस्थामा पुगेको पन्जाबलाई शंशाक र आशुतोषले जितको आशा देखाएका थिए ।

मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पान्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए । रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पान्ड्या १० र टिम डेविड १४ रनमा आउट भए ।

पन्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए ।

मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ ।

राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ ।

कोलकाता, चेन्नई र हैदराबादको समान ६ खेलमा ८–८ अंक भए पनि नेटरनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

ឧបត្ថម្ភដោយ កម្មវិធីជំនួយអេកូអេសភីអេស ដោយ CodeRevolution.