१ जेठ, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । टोलीमा पर्नेमा गोलकिपरबाट किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् ।

रक्षापंक्तिको खेलाडीमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् ।

मिडफिल्डरमा भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् ।

फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट रहेका छन् ।

Per powered Plugin resonare RSS per CodeRevolution.