१५ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ ।

मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको बताएका छन् ।

उनले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए ।

निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गरे ।

इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।

४२ वडा रहेको इलाम-२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।

Напојувано од Приклучок за ехо RSS од страна на CodeRevolution.