२१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) को साढे १० महिनाको अवधिमा ५७ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

महानगरपालिकाको वित्तीय विवरण अनुसार २० वैशाखसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ५७ प्रतिशत हो । यस आवमा सरकारले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

खर्च भएकोमध्ये १ अर्ब ७२ करोड ८८ लाख ४२ हजार रुपैयाँ चालु खर्च रहेको छ । यो लक्ष्यको ६९ प्रतिशत हो । पूँजीगत खर्च भने १ अर्ब ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँ बराबरको भएको छ । जुन लक्ष्यको ५० प्रतिशत मात्र हुन आउँछ । यस वर्ष ललितपुरले २ अबृ ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालु खर्च र ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ पूँजीगत खर्च हुने अनुमान गरेको छ ।

आयततर्फ भने महानगरले लक्ष्यको ७०.३३ प्रतिशत प्राप्ति गरिसकेको छ । यस आवमा २ अर्ब ४० करोड २० लाख रुपैयाँ आन्तरिक आय संकलनको अनुमान थियो । २० वैशाखसम्म १ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ संकलन भएको महानगरले जनाएको छ ।

അധികാരപ്പെടുത്തിയത് എക്കോ RSS പ്ലഗിൻ എഴുതിയത് കോഡ് റിവല്യൂഷൻ.