८ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको एन्फा महिला लिग छनवटमा सुदूरपश्चिम र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् ।

सुर्खेतको कर्णाली स्टेडियममा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५-१ ले हरायो । सुदूरपश्चिमका लागि मिना देउवाले दुई तथा बिर्सना चौधरी, रिना चन्द र गंगा चौधरीले एक एक गोल गरिन् । गण्डकीका लागि सुस्मिता गुरुङले एक गोल फर्काइन् ।

यस्तै दोस्रो खेलमा कोशी प्रदेशले घरेलु टोली कर्णाली प्रदेशलाई ३-० ले हरायो ।

कोशीका लागि जेनिफर राना, पर्णिमा राना र झुमा विश्वकर्माले एक एक गोल गरे ।

महिला लिग छनोटमा सात प्रदेशको सहभागिता छ । सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष तीनमा रहने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछ ।

Imħaddem mill - Echo RSS Plugin minn KodiċiRevoluzzjoni.