काठमाडौं । नेटफ्लिक्स स्टार जेमी बेकनले आगामी साइन्स फिक्सन नेपाली फिल्म ‘एक्लो’मा अभिनेता प्रदीप खड्कासँग सहकार्य गर्ने भएका छन् । हलिउड म्यागजिन डेडलाइनले प्रदीप शाहीले निर्देशन गर्ने आगामी कथानक फिल्ममा बेकन अनुबन्धित भएको उल्लेख गरेको छ ।

यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्र्यास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (खड्का)सँग भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

यसैबीच, बेकन फिल्ममा निर्माताको रुपमा पनि जोडिएका छन् । किनभने, शाहीले नेपाली र बेलायती फिल्म उद्योग बीचको सम्बन्ध निर्माण गर्न खोजेका छन् र नेपाललाई एसियामा एउटा बलियो सुटिङ स्थानको रुपमा प्रवर्धन गर्न खोजेका छन् ।

बेकन नेटफ्ल्क्सि श्रृंखला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’मा सहायक भूमिकाका लागि परिचित छन् । उनी ‘द होर्डर’ र बीबीसी ड्रामा ‘फादर ब्राउन’मा पनि देखा परेका छन् । साथै उनी, नेटवर्कको शो ‘मिस्टर लभरम्यान’मा देखा पर्नेछन् जुन अर्को महिना ट्राइबेकमा डेब्यु हुनेछ ।

शाही निर्देशित ‘अन्तिम संस्कार’ २०८० सालमा नेपाली हलमा रिलिज भएको थियो ।

Powered by the Echo RSS Plugin by CodeRevolution.