४ जेठ, काठमाडौं । सत्तारुढ र विपक्षी दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी दलहरु नयाँ बानेश्वरमा छलफलमा छन् । छलफल संसद भवनस्थित विपक्षी दलको नेताको कार्यकक्षमा जारी छ ।

यही बेला सत्तारुढ दलमा आवद्ध दलका शीर्ष नेताहरु पनि छलफलमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरवारमा छलफल जारी छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।

शुक्रबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन। सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु पनि छलफलमा जुटेका छन् ।

جي تعاون سان گونج آر ايس ايس پلگ ان پاران ڪوڊ جو حل.