२२ वैशाख, बुटवल । नेकपा एमाले पश्चिम नवलपरासीको पुनः दिपेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

पार्टीको ९ औं अधिवेशनमा अधिकारी सहित ३ जनाले उम्मेदवारी दर्ता गरेकामा दुईजनाले फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।

नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी र सचिव धिरज बस्यालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

तर नेताहरूसंगको छलफलमा उपाध्यक्षमा डोलराज भण्डारी र सचिवमा धिरज शर्मा रहने सहमति गरी अधिकारीलाई निर्विरोध बनाइएको नेता बैजनाथ चौधरीले जानकारी दिए ।

यस्तै उपसचिवमा राजन आचार्य र रिंगला यादव निर्वाचित भएका छन् । सबै पदाधिकारी यसअघिकै पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

शुक्रबार अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्माले पार्टीविरूद्व चौतर्फि घेराबन्दी भएकोले सर्वसम्मत नेतृत्व बनाउन निर्देशन गरेका थिए ।

බලයෙන් Echo RSS ප්ලගිනය විසින් කේත විප්ලවය.